• २९ जेठ २०८३, शुक्रवार
  • २५ °C काठमाडौं
भन्सार छलीका अवैंध सामाग्री बेवारिसे भेटियो


गुलरिया । बर्दिया प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याईएको समाग्री बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय गुलरियाको टोलीले गुलरिया नगरपालिका वडा नम्बर ८ बाट अवैंध समाग्रीहरु भेटाएको हो ।


चोरी पैठारी गरी बेवारिसे अवस्थामा राखिएका अन्दाजी ७१ हजार ४५० रुपैया मुल्य बराबरका बिबिध सामानहरु फेला पारी आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments