गुलरियामा संचालित साँस्कृतिक महोत्सव स्थगित
मुरली गोडिया, गुलरिया (बर्दिया) बर्दियाको गुलरिया मसिर २ गतेदेखि १० गते सम्म संचालित गुलरिया सांस्कृतिक महोत्सव २०८० बन्द भएको छ । आयोजक फुलबारी युवा क्लब र मेलाका व्यापारिक प्रयोजनका स्टल, कलकार, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, आइसक्रिम लगायतको ठेक्का रकम बुझेकाहरु सम्पर्क विहिन भएपछि बाध्य भएर मेला स्थगित गर्नु परेको अयोजकको दाबी छ ।
हामीले विभिन्न सामाग्री तथा कलाकार ल्याउने जिम्मा दिएका व्यक्ति (ठेकेदार) हरु हाम्रो सम्पर्कमा नआएपछि स्टलहरु खाली भए, कलाकारहरु पनि आएनन् कलाकारलाई दिने पारिश्रमिक पनि ठेकेदारहरुले दिएनन् उनीहरुले हामीलाई धोका दिए आयोजक क्लबका अध्यक्ष आदर्श शर्माले भन्नुभयो । त्यसपछि हामी महोत्सव रोक्न बाँध्य भयोैं । २ दिन सम्म ठिकै चलेको मेला तेस्रो दिन सम्म स्टलहरु फुल हुने भनेपनि स्टल राख्नेहरु आएनन् । मानिसहरुको उपस्थिती पनि पातलिदै गयो पछि काम गर्ने जिम्मा लिएका र सम्झौता गरेका मानिसहरु सम्पर्कमा आएनन् र मेला अगाडी बढ्न नसकेको शर्माको भनाई छ । मेलामा जम्मा २ वटा स्टल थिए ।
कैलालीबाट स्टल बुक गरेका मोतीलाल प्याकुरेलले ४ दिनमा एउटा मात्र कम्मल बेचेको बताउनु भएको छ । मानिस नै आउनन्, आयोजक पनि छैनन् ठेकेदार पनि आएका छैनन् हामी त विचल्लीमा प¥यौं उहाँले भन्नुभयो, हामी संग खाना खाने पैसा समेत छैन । घर फोनमा पैसा मगाएर होटलमा बसेका छौं । यस्तै आइसक्रिम व्यापारी लक्ष्मण पौडेल भन्नुहुन्छ बेचम्ला भनेर आएको उल्टै घाटा लाग्यो । व्यापार बन्द भयो । ४० हजारमा ठेक्का लिएको २० हजार तिरे अब मेला बन्द भयो कसरी तिर्नेहोला । लगानी गर्ने मानिस राम्रो भएनन् अल्लारे केटाहरु पर्दा बर्बाद भएको उहाँको भनाई छ ।
मंसीर २ गते शुरु भएको महोत्सव मंसीर १० गते सम्म चल्ने आयोजकले जानकारी गराएको थियो । अकस्मात समन्वयको अभाव तथा सम्बन्धित व्यक्ति सम्पर्कमा नआएपछि मेलामा हेर्न लाएक केही पनि भएन । मानिसहरु पनि मेलामा केही नभएको थाहा पाएपछि फर्किए । कलाकारलाई ठेकेदारले सम्झौता अनुसारको रकम नदिएपछि कलाकार आउन मानेनन् । मेला अयोजनागर्ने फुलबारी युवा क्लबले मेला बन्द भएको प्रति दुःख व्यक्तगर्दै आमनागरिक संग क्षमा मागेको छ । ठेक्का लिनेहरु तथा सम्झौता अनुसार काम नगरेकाहरुको विरुद्धमा कानुनी प्रक्रियामा जाने तयारी रहेको क्लबका अध्यक्ष आदर्श शर्माले जानकारी दिनु भएको छ ।
२३ °C काठमाडौं
Facebook Comments