गुलरियामा आयोजित शिविरमा ४ सय १३ जनाको दन्त परिक्षण
विष्णु अधिकारी, ३ पुष, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ७ चौगुर्जी गाउँको हिमाली आधारभुत विद्यालयमा बाल बालिकाहरुलाई लक्षित गरि दाँतको शिविर संचालन भएको छ । मिस नेपाल २०२४ कि विजेता डाक्टर डेनिला कार्कीले आफ्नो कर्मघर बर्दियालाई पनि सामाजिक सेवाका माध्यमबाट केही योगदान दिन दन्त शिविर संचालन गरेको बताउनु भएको छ ।
दन्त शिविरमा विद्यालयका बालबालिका, अभिभावक तथा शिक्षकहरु गरि ४ सय १३ जनाको दाँत परिक्षण गरी दाँत मजबुत बनाउन अपनाउनु पर्ने शिक्षा पनि दिएको डा. कार्कीले जानकारी दिनु भयो । बाल बालिकाहरुलाई दैनिक रुपमा २ पटक दाँत सफा गर्नुपर्ने र दाँत सफा र बलियो भए मानिस पनि निरोगी हुने भएकाले दाँतको सफाईलाई विशेष ध्यान दिन बाल बालिकाहरुलाई सुझाव दिनु भएको छ । उहाँले दाँत बलियो र लामो समय सम्म झर्न नदिन दाँतको सफाईमा विशेष ध्यान दिएमा शरिरको पाचन प्रणाली पनि मजबुत हुने तर्क दिनुभयो । डा. कार्कीले आफु पेशाले दन्त चिकित्सक हुनुका साथै सन् २०२४ को मिस नेपालको उपाधि पनि पाएकाले आफुले विगत देखि नै दुर दराजका ठाउँहरुमा दन्त शिविरहरु संचालन गरिरहेको बताउनु भयो ।
त्यसैको निरन्तरताका लागि दन्त शिविर संचालन गरेको उहाँको भनाई छ । बर्दियाका नागरिकहरुले आफुलाई मिस नेपाल बन्नमा साथ सहयोग पाएकाले पनि बर्दियाका नागरिकलाई आफुले सेवा गर्नु पर्ने भावना जागृत भएकाले शिविर संचालन गरेको उहाँ बताउनु हुन्छ । दन्त शिविर कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मनोज यादवले निम्न स्तरका बालबालिका अध्ययन गर्ने विद्यालय छनौट गरेर दन्त शिविर संचालन गरेकोमा मिस नेपाल डा. डेनिला कार्कीलाई धन्यवाद दिनु भयो । स्वास स्वस्थ राख्न दाँतको महत्वपूर्ण भूमिका रहने भएकाले बालबालिकालाई दाँत सफा राख्ने विषयमा महत्वपूर्ण जानकारी दिएको उहाँको भनाई छ । कार्यक्रमममा बालबालिकाको दाँत परिक्षण गरि बालबालिकाहरुका लागि मन्जन, ब्रस, कापि, पेन्सील, डटपेन लगाएतका सामाग्रीहरु वितरण गरिएको छ ।
२६ °C काठमाडौं
Facebook Comments