• २९ जेठ २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
गुलरिया वडा नम्बर ६ का किशोरी तथा महिलाहरुलाई सीपमूलक तालिम

मुरली गोडिया, १४ माघ, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा अग्रिमा हस्तकला ट्रेनिङ सेन्टर गुलरियाको आयोजनामा गुडिया तथा कुशन सम्बन्धी तालिम शुरु भएको छ । वडाका किशोरी तथा महिलाहरुको लागि १० दिने सिपमुलक तालिम आइतबार देखि शुरु भएको हो । 

गुलरिया वडा नम्बर ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता सुधांशु प्रकाश शर्माले तालिमको उद्घाटन गर्नु भयो । अग्रिमा हस्तकला ट्रेनिङ सेन्टर, गुलरियाकी सञ्चालक निर्मला धमलाको अध्यक्षतामा शुभारम्भ गरिएको तालिमले महिलाहरुलाइ आत्मनिर्भर बनाउँदै सिकेर व्यवाहारमा ल्याई व्यवसायमा संलग्न हुन प्रमुख अतिथी प्रवक्ता शर्माले आग्रह गर्नुभयो । आगामी दिनहरुमा तालिम लिएका सबैलाई एडभान्स तालिम गराउन पहल गर्ने उहाँले बताउनु भयो । 

वडा सदस्य दिपक अधिकारीले तालिमवाट महिला दिदी वहिनीहरुलाई स्वरोजगार भई व्यवसायीक तथा उद्यमी बन्न सहज हुने विस्वास व्यक्तगर्दै आगामी बर्षमा थप सिपमुलक तालिम सञ्चालन गरिने आश्वासन दिनुभयो । कार्यक्रममा वडा नम्बर ६ का सचिव केशवराज खनाल, वडा  नं. १ का वडा सदस्य प्रेम यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा वडा सदस्य दिपक अधिकारी, अब्बुल हसन हलवाई, लगायतको सहभागीता थियो । तालिममा २० जना प्रशिक्षार्थीले सहभागीता जनाएका छन । तालिम १० दिन सम्म सञ्चालन हुने अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरका व्यवस्थापक सागर चापागाईले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments