राजापुरमा चोरीका घटना बढ्दै : घरमा राखेको मोटरसाइकल हरायो
केशव कोईराला, ३० फागुन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ भोगपुरमा गएराति एक घरबाटै मोटरसाइकल चोरी भएको छ । जीवन देवकोटाको से ३ प ११६५ नम्बरको कालो रंगको डिस्कभर १२५ सिसि मोटरसाइकल चोरी भएको छ ।
पीडित देवकोटाका अनुसार घर अगाडि पार्क गरेर राखिएको मोटरसाइकल बिहान ४ बजे उठेर हेर्दा हराएको थाहा भएको हो । घटनापछि मोटरसाइकलको खोजीका लागि ईलाका प्रहरी कार्यलय राजापुरलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।
पछिल्लो समय राजापुरका छुट्टाछुट्टै स्थानमा पानीतान्ने मोटर लगाएत स–साना चोरीका घटना बढ्न थालेको स्थानीयले गुनासो गरेका छन् । यसले गर्दा सुरक्षामा थप सतर्कता आवश्यक देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
२५ °C काठमाडौं
Facebook Comments