• १८ भदौ २०८३, बिहिवार
  • २२ °C काठमाडौं
उद्योग वाणिज्य संघ गुलरिया बर्दियाद्वारा बाढीपीडित कोषमा सहयोग

मुरली गोडिया, १८ भाद्र, बर्दिया । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि गुलरियामा राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोष जम्मा गरिएको छ । 

उद्योग वाणिज्य संघ गुलरिया, होटल अर्गनाइजेसन बर्दिया र महिला उद्यमी संघ बर्दियाले सयुक्त रुपमा  कर्मचारी तथा स्थानीय उधोगी व्यापारीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो । संकलित कुल १ लाख ६० हजार रुपैयाँ खातामा जम्मा गरिएको उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी गराउनुभयो । 

अध्यक्ष पाण्डेका अनुसार विपद्का कारण समस्यामा परेका रसुवाका बाढीपीडितलाई सहयोग पु¥याउने उद्देश्यले कर्मचारी तथा स्थानीय व्यापारीबाट स्वेच्छिक रूपमा सहयोग रकम उठाइएको हो । आयोजक संस्थाहरूले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments