बर्दियाको समृद्धि सहकारीद्वारा भोटेकोशीका बाढी पीडितलाई सहयोग
चुरेकुञ्ज, १८ भाद्र, बर्दिया । गत भाद्र १० गते बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको हिम बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा गोरखा लगायत जिल्लाको विभिन्न क्षेत्र र नेपालका विभिन्न ठाँउमा रहेका मानिसहरूको सहयोगका लागि समृद्धि कृषि वहुउद्देश्यीय सहकारी संस्थाले रकम पठाएको छ । नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवि प्रकोप राहत कोष मार्फत ३१ हजार १ सय रुपैया पीडितको लागि उपलब्ध गराएको हो ।
संस्थाले बाढीमा प्रत्यक्ष/अप्रत्यक्ष मानवीय क्षति र पूर्वाधार तथा सम्पत्ति नोक्सानी प्रति गहिरो दुःख प्रकटगर्दै प्राकृतिक विपतबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरू प्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । यसका साथै परिवार तथा आफन्तजनहरूमा गहिरो समवेदना प्रकट गरिएको छ ।
हराईरहेका सबै मानिसहरूको सकुशल उद्वारको अपेक्षा गर्दै घाइते बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण पिडितहरूलाई गाँस, वास, कपास सहितको राहत तथा पुनस्र्थापनका लागि नेपाल सरकारले ध्यान दिनुपर्ने सहकारीका अध्यक्ष नीम थापाले बताउनु भएको छ ।
२२ °C काठमाडौं
Facebook Comments