• २९ जेठ २०८३, शुक्रवार
  • २५ °C काठमाडौं
मानब बेचबिखन बिरुद्ध प्रभातफेरी (तस्विर)


बर्दिया । मानब बेचबिखन बिरुद्धको १७ औं राष्ट्रिय दिवस ०८० को अवसरमा बर्दियाको गुलरियामा प्रभातफेरी निकालिएको छ । समुदायलाई बेचबिखन बिरुद्ध सचेत पार्न प्रभातफेरी निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया नजिक गणेशमान चोकबाट निकालिएको र्यालीले पुरानो हुलाक कार्यालय, राधाकृष्ण चोक, शहीद चोक हुँदै यमलाल, बुद्ध चोक भई पुनः राधाकृष्ण चोकमा पुगी सचेतनात्मक कोण सभा गरिएको थियो । मानब बेचबिखन तथा ओसार पसार जिल्ला समिति बर्दिया, नगरसमिति गुलरिया, माईती नेपाल लगायत जनप्रतिनिधि, सरोकारवाला संघसंस्था, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको टोली प्रभातफेरीमा सहभागी थिए ।

फ्रीअगर्लको सहयोगमा प्लान नेपाल लगायत विभिन्न संस्थाहरु सहभागी भएका हुन् । कार्यक्रमलाई सम्बोधनगर्दै जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्टले बेचबिखनका बिरुद्ध जिल्लाबासीलाई एकहुन आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले सबैको सहयोगले मानव बेचबिखनको कार्य घट्दै गैरहेकोभन्दै खुशी ब्यक्तगर्नु भयो । बेचबिखन नियन्त्रण गर्न नागरिक सहितको पहल अपरिहार्य रहेको बताउनु भयो । माईती नेपालकी संयोजक गायत्री रिमालले बेचबिखन रोक्न माईती नेपालले जिल्लाका सीमाहरुमा विभिन्न कार्यक्रमहरु संचालनगर्दै आईरहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments