• २९ जेठ २०८३, शुक्रवार
  • २५ °C काठमाडौं
फूलबारी कपको दोस्रो दिनको पहिलो खेलमा नेपाल प्रहरीको जीत 

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेपाल प्रहरी विशेष सुरक्षा बल विजयी भएको छ । गेरुवा टीमलाई पराजीतगर्दै नेपाल प्रहरी विजयी भएको हो । 


नेपाल प्रहरी विशेष सुरक्षा बलले १ का विरुद्ध ३ गोलगर्दै जित हासिल गरेको फूलवारी युवा क्लव गुलरिया बर्दियाका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । शुक्रवार दोस्रो खेल डफैया र एफसी बर्दिया बिच प्रतिस्पर्धा भैरहेको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा प्रतियोगिता शुरु गरिएको छ । 


खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६ र ८ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments