• १० वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
बर्दियामा अपाङ्गता अधिकार सम्बन्धी दुईदिने तालिम सञ्चालन 

दलबहादुर सुनार, १० बैशाख, बर्दिया । बर्दियाको गुलरियामा अपाङ्गता अधिकार तथा वकालतसम्बन्धी दुईदिने तालिमको आयोजना गरिएको छ । अधिकार र समावेशीकरण परियोजनाअन्तर्गत ईन्टरनेशनल नेपाल फेलोसिप -आईएनएफ) बाँकेको आयोजना तथा विभिन्न साझेदार संस्थाहरूको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूका समूह तथा संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा अपाङ्गता अधिकार, समावेशीकरण तथा वकालतसम्बन्धी विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ । अधिकार र समावेशीकरण परियोजनामार्फत बर्दियामा गठन गरिएका समूह तथा जिल्लामा क्रियाशील अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजनाका जिल्ला अधिकृत रामबहादुर बुढामगरले जानकारी दिनु भयो ।

वैशाख १० देखि ११ गतेसम्म सञ्चालन भएको तालिममा बर्दिया जिल्लाका आठवटै स्थानीय तहबाट सक्रिय अपाङ्गता बचत समूह र संस्थाका प्रतिनिधिहरू तथा आई.एन.एफ.का कर्मचारी गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ, लुम्बिनी प्रदेशका संयोजक धिरेन्द्र विश्वकर्माले गर्नुभएको परियोजनाका सहजकर्ता गणेश चौधरीले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments